२६ वैशाख, काठमाडौँ । इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलाका लागि स्ट्यान्डबाइ खेलाडीका रुपमा चुनिएका भारतका फास्ट बलर प्रसिद्ध कृष्ण कोरोना भाइरसबाट संक्रमित भएका छन ।
भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले प्रसिद्ध कृष्णलाई इंल्याण्ड विरुद्धको ५ खेलकाे टेस्ट श्रृखलाका लागि स्ट्यान्डबाइ खेलाडीको रुपमा टिममा समावेश गरेको थियो । भारतले अगस्ट ४ देखि इंल्याण्ड विरुद्ध ५ खेलको टेस्ट श्रृखलाका खेल्ने छ ।
आईपिएलमा प्रसिद्ध कृष्ण कोलकत्ता नाईट राईडर्ससँग आवद्ध रहेका थिए । कोलकत्ता कै खेलाडी वरुण चक्रवर्ती र सन्दिप वारियर कोरोना भाइरसबाट संक्रमित भएपछि २०२१ को आईपिएल पनि स्थगित भएको थियो ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ०८:४४ मा प्रकाशित


























