back
CTIZAN AD

विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द

वि.सं.२०७८ वैशाख २६ आइतवार

606 

shares

२६ वैशाख, सर्लाही । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक प्रसाद साहले बताए ।

उनले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए । बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए ।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिबारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ । सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताए ।

शुक्रबार र शनिबार स्वाब सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट आज मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एकपटक पिसिआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार ०९:१४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...