२६ बैशाख, बाँके । बाँकेमा कोरोना संक्रमितहरुको संख्या तिब्ररुपमा बढ्दै गएपछि उनीहरुको उपचारका लागि महत्वपूर्ण रहेको अक्सिजनको माग पनि त्यतिकै मात्रामा बढ्दै गएको छ ।
बाँकेको भेरी अस्पतालमा दिनहुँ ४०५ सिलिण्डर अक्सिजन आवस्यक परेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार गत चैत २४ मा ८० सिलिण्डर अक्सिजन खपत भएकोमा अहिले त्यो बढेर प्रतिदिन ४०५ सिलिण्डर आपूर्ति भइरहेको छ । गत १० दिनको औसत हेर्दा यो माग ३५० को हाराहारीमा रहेको पनि अस्पतालले जनाएको छ ।
अस्पतालले अक्सिजन आपूर्तिका निम्ति पूर्बमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख सहयोग गर्ने प्रतिबद्धता गरेको जनाएको छ ।
‘यस्तो परिस्थितिमा बाँके जिल्ला क्षेत्र नं २ का सांसद तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट अक्सिजनको निम्ति रू ५० लाख उपलब्ध गराउने प्रतिबद्धता भएकोमा सो रकम यसैमा खर्च हुनेछ । आपुर्तीकर्ताबाट प्राप्त भएको बिल भर्पाई अस्पतालले रुजु गरि नेपालगञ्ज उपमहानगरपालिका मार्फत उक्त रकम भुक्तानी हुने प्रक्रियामा रहेको छ ।’ अस्पतालद्धारा जारी सूचनामा भनिएको छ ।
त्यस्तै अस्पतालको अक्सिजनको नियमित आपूर्तिकर्ता जयश ट्रेडर्स र ज्इ अक्सिजनले १ महिनासम्म प्रत्येक शनिबार खपत हुने अक्सिजन निशुल्क उपलब्ध गराइरहेकोमा अस्पतालले धन्यवाद व्यक्त गरेको छ ।
कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालमा अक्सिजनको खपत अभूतपूर्व रुपमा बढेको छ । चैत २४ को दिन ८० सिलिन्डरको खपत रहेकोमा…
Posted by Bheri Hospital on Saturday, May 8, 2021
वि.सं.२०७८ वैशाख २६ आइतवार ०९:२२ मा प्रकाशित






























