२६ वैशाख, काठमाडौँ । वायर्न म्युनिखले लगातार नवौं पटक जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ ।
शनिबार दोस्रो स्थानमा रहेको लाइपजिगलाई बोरुसिया डर्टमुन्डले पराजित गरेसँगै वार्यनले ३ खेल बाँकी रहेदैँ उपाधि आफ्नो नाममा गरेको हो । दोस्रो स्थानको लाइपजिगलाई बोरुसिया डर्टमुन्डले ३-२ गोलले पराजित गरेको थियो ।
शीर्ष स्थानको म्युनिखले ३१ खेलबाट ७१ अंक जोडेको छ भने दोस्रो स्थानको लाइपजिगको ३२ खेलबाट ६४ अंक मात्र छ। अन्तिम दुई खेलअघि शीर्ष स्थानको वायर्नसँग ७ अंकले पछि परेसँगै लाइपजिगको उपाधि यात्रा सकिएको छ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ०९:३८ मा प्रकाशित