२६ वैशाख, काठमाडौँ । आईपिओ निष्काशन गर्न लागेको जिवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षकाे तेश्राे त्रैमासमा १.२६ प्रतिशतले मुनाफा गरेको छ । त्यस्तै कम्पनीका अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा १४ करोड ४७ लाख ४८ हजार मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ३९ लाख २३ हजार मुनाफा आर्जन गरेको थियो ।
त्यसैगरी कम्पनीकाे जीवन बीमा कोषमा ३ अर्ब १ करोड ११ लाख २९ हजार रुपैयाँ संचित भएको छ । अघिल्लो वर्षको तुलनामा यो १३८ प्रतिशतले बढि हो । कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कोषमा १ अर्ब २६ करोड ४९ लाख ३६ हजार रुपैयाँ संचित रहेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षकाे तेश्राे त्रैमासमा १.२६ प्रतिशतले मुनाफा गरेको छ । त्यस्तै कम्पनीका अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा १४ करोड ४७ लाख ४८ हजार मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ३९ लाख २३ हजार मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले चालु आ. व.काे नौ महिनामा २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको साेहि अवधीमा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनीको दावी भुक्तानी पनि उल्लेख्य बढेकाे छ । उसले आइर्तबार सार्बजनिक गरेकाे बित्तिय विवरण अनुसार दावी भुक्तानीमा ६९१ प्रतिशत बृद्धि भएकाेछ । उसले अघिल्लो आ.व.मा ४ करोड ७८ लाख २८ हजार दावी भुक्तानी गरेको कम्पनीले यस आ.व.मा ३७ करोड ८५ लाख ५७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।
केहिसमयमा नै कम्पनीले ७५ लाख कित्ता प्राथमिक कित्ता शेयर (आईपिओ) पनि निष्कासनमा ल्याउने तयारी गरिरहेको जनाएकाे छ । उसले आईपिओ निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलाई नियुक्त गरिसकेको छ ।
सम्बन्धित समाचार…………..
चार जीवन बीमा कम्पनीको तेश्रो त्रैमासिकको बित्तिय विवरण सार्बजनिक, कुनको आम्दानी कती ?
वि.सं.२०७८ वैशाख २६ आइतवार ११:३५ मा प्रकाशित