वैशाख २६, काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्तीको सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियुक्तीको सिफारिस गरेको हो ।
बैठकले क–कसलाई कुन निकायमा नियुक्ती गरेको भन्नेबारे भने सार्वजनिक गरिएको छैन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी थिए ।
बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले बहिस्कार गरेका थिए ।
हाल लोकसेवा आयोग पदाधिकारी विहिन छ भने अख्तियार र महिला आयोगमा केहि पदाधिकारी रिक्त छन् ।
वि.सं.२०७८ वैशाख २६ आइतवार ११:४६ मा प्रकाशित






























