Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ४०९१ जनाको मृत्यु



२६ बैशाख, काठमाडौं । भारतमा तीनदिनदेखि लगातार प्रत्येक दिन ४ लाख भन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन् ।

भारतमा शनिबार ४ लाख ३ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ९१ जनाले ज्यान गुमाएका छन् । साथै सोहि अवधिमा ३ लाख ८६ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

त्यसैगरी भारतमा हालसम्म २ करोड २२ लाखमा संक्रमण, १ लाख ८३ हजार संक्रमणबाट मुक्त भएका छन् भने ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार पुगेको छ । भारतका विभिन्न राज्यमा हाल ३७ लाख ३२ हजारको अस्पतालमा उपचार भइरहेको छ ।

भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा शनिबार ५६ हजार ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै सोहि अवधिमा ८६४ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २६६ जना संक्रमणबाट मुक्त भएका छन् । महाराष्ट्रमा केही दिन यता दैनिक संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

राज्यमा हालसम्म ५० लाख ५३ हजार संक्रमित भएका छन् । ती मध्ये ४३ लाख ४७ हजार निको भएका छन् भने ७५ हजार २७७ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै दिल्लीमा शनिबार १७ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा केही दिनयता दैनिक संक्रमित हुनेको संख्या घट्दै गइरहेको छ ।
दिल्लीमा शनिबार २० हजार १६० जना संक्रमण मुक्त भएका छन् भने ३३२ जनाको मृत्यु भएको छ ।

दिल्लीमा हालसम्म संक्रमित हुनेको संख्या १३ लाख १० हजार, १२ लाख ३ हजार संक्रमणबाट मुक्त भएका छन् भने १९ हजार ७१ जनाको मृत्यु भएको छ । हाल दिल्लीमा ८७ हजार ९०७ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा