२६ वैशाख, काठमडौँ । गुगलले नि:शुल्क दिर्दै आएको गुगल फोटो क्लाउड स्टोरेज (Google Photo Cloud Storage) को सुविधा यहि जुन १ बाट बन्द हुने भएकाे छ ।
अहिले गुगलले आफ्ना सबै प्रयोगकर्ताहरुलाई असीमित (unlimited) स्टोरेज दिएको छ । तर जून १ देखि गुगले प्रयोगकर्ताहरुलाई १५ जिबी मात्र क्लाउड स्टोरेज दिने छ । जून १ देखि १५ जिबी (15 GB) भन्दा बढि स्टोरेज प्रयोग गर्नको लागि प्रयोगकर्ताले गुगललाई पैसा तिर्नपर्ने छ ।
गुगल कम्पनीले आफुले प्रदान गर्ने सेवाहरु प्रयाेग गर्नको लागि शुल्क तिर्न पर्ने निणर्य २०२० को नेभेम्बरमै गरेको थियो ।
१५ जिबी भन्दा बढि स्टोरेज प्रयोग गर्नका लागि कति तिर्न पर्छ त शुल्क ?
१५ जिबी भन्दा बढि स्टोरेज प्रयोग गर्ने प्रयोगकर्ताले गुगललाई मासिक १.९९ डलर तिर्न पर्ने छ भने एकै पटक १ वर्षको तिर्दा १९.९९ डलर तिर्न पर्ने छ ।
गुगलकै फोन (गुगल पिक्सेल २,३,४,५) प्रयोग गर्ने प्रयोगकर्ताहरुले भने यो सुविधा नि:शुल्क नै प्राप्त गर्ने छन ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १३:४५ मा प्रकाशित





























