२६ बैशाख, बेलायत । गुल्मीका जीव वेल्वासे र तनहुँका नेम थापा त्यहाँको स्थानीय वडामा काउन्सीलर पदमा निर्वाचितद भएर बेलायती राजनीतिमा सफलता हासिल गर्दै नयाँ यात्राको सुरुवात गरेका छन् ।
तनहुँका नेम बहादुर थापा मे ६ मा सम्पन्न फार्नबरो चेरिवुड वार्डको काउन्सीलर पदमा निर्वाचित भएका छन् भने गुल्मीका जीव नारायण बेल्वासे अल्डरशट वेलिङटन वडाको काउन्सीलर पदमा निर्वाचित भएर बेलायतको राजनीतिमा फड्को मारेका छन् । थापा कन्जरभेटिभ पार्टीबाट काउन्सीलर पदको उम्मेदवार बनेका थिए ।
यसअघि रशोमरबरो काउन्सिलको कम्युनिटी सर्पोट अफिसर रहेर काम गरिसकेका थापालाई स्थानीय सरकारले मादक तथा लागूपदार्थ सम्बन्धी जनचेतनामुलक कामका लागि नियुक्त गरेको थियो ।
तनहुँ जन्मथलो भइ लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका थापा मगर, मगर संघ युकेका निर्वतमान अध्यक्ष समेत हुन् ।
त्यस्तै २० वर्षदेखि बेलायतको अल्डरशटमा बस्दै आएका गुल्मीका बेल्वासेले अल्डरशटको वेलिङटन वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका हुन् ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको खिल्जिमा जन्मेका बेल्वासे नेपाली प्रहरीका पूर्व अधिकृत समेत हुन् । ग्रेटर रशमोर नेपाली कम्युनिटीका निर्वतमान अध्यक्ष समेत हुन् ।
बेलायतमा नेपाली मुलका पहिलो मेयर बने गुरुङ
त्यसैगरी गोरखाका विष्णु बहादुर गुरुङ बेलायतमा नेपाली मुलका पहिलो मेयर बन्न सफल भएका छन् ।
गुरुङ मे ४ मा म्पन्न होन्स्लो बोरोना काउन्सीलको मेयरमा निर्वाचित भएका हुन् ।
भुतपूर्व गोर्खा सैनिक समेत रहेका गुरुङ लेवर पार्टीका काउन्सील प्रमुखमा निर्वाचित भएका हुन् । गुरुङ सन् २०१४ को मे मा काउन्सीलर पदमा निर्वाचित भएका थिए भने त्यसको एकवर्षपछि उपमेयरमा निर्वाचित भएका थिए ।
बेलायतमा पोखराका लक्ष्य बहादुर गुरुङ लन्डन बरो अफ बार्नेटका उपमेयर रहेका छन् भने पेरिस काउन्सील, टाउन काउन्सील, डिष्ट्रिक काउन्सील लगायतमा झण्डै ७ जना नेपाली काउन्सीलर रहेर काम गरिरहेका छन् ।
लन्डनको बोरो काउन्सीलको मेयरमा निर्वाचत भएर इतिहास रचे विष्णु बहादुरले
वि.सं.२०७८ वैशाख २६ आइतवार १४:१० मा प्रकाशित






























