२६ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्ररुपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार देशभरीका विभिन्न अस्पतालका आइसीयुमा ७५८ जना र भेन्टिलेटरमा २३१ जनाको उपचार भइरहेको छ ।
त्यस्तै नेपालमा ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम हाइसोलेशनमा ७८ हजार १८ जना रहेका छन् भने ५,४७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
प्रदेश १ मा ५,३५६, प्रदेश २ मा ४,५०७, बागमतीमा ४० हजार ५३६, गण्डकी प्रदेशमा ४,८४७, लुम्बिनी प्रदेशमा १७,४९९, कर्णालीमा २,४४७ र सुदूरपश्चिम प्रदेशमा २,८२६ गरी जम्मा ७८ हजार १८ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यसैगरी संस्थागत आइसोलेशनमा रहेकामध्ये प्रदेश १ मा ५१६, प्रदेश २ मा ३६७, बागमतीमा १६८२ हजार २१२, गण्डकी प्रदेशमा १४८८, लुम्बिनी प्रदेशमा २७२, कर्णालीमा ९३८ र सुदूरपश्चिम प्रदेशमा ९३८ जना गरी ५,४७५ जना रहेका छन् ।
त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ६३, वागमती प्रदेशमा ३८६, गण्डकी प्रदेशमा ६१, लुम्बिनी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा २९ गरी ७५८ जना आइसीयुमा रहेका छन् ।
त्यस्तै प्रदेश १ मा २०, प्रदेश २ मा ३५, वागमती प्रदेशमा १२०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १३ गरी २३१ जना भेन्टिलेटरमा रहेका छन् ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १४:५६ मा प्रकाशित