२६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८,७८७ पिसीआर र ५०६ वटा नमुना ऐन्टिजेन परीक्षणमा ८८५० नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पिसीआर परीक्षणबाट ८ हजार ७७७ र ऐन्टिजेनबाट ७३ जना संक्रमित पुष्टि भएका हुन् ।
आज भक्तपुरमा ५०४, ललितपुरमा ५३३ र काठमाडौंमा ३१६१ गरी उपत्यकामा ४ हजार १९८ नयाँ संक्रमित थपिएका छन् ।
त्यसैगरी आज ४०२२ जनाले कोरोना जितेका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् । साथै देशैभरीका क्वारेन्टिनमा ४१९ जना रहेका छन् आइसीयुमा रहेका ८३२ मध्ये २६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
एकसातामै ३५ हजार ५७ संक्रमित
मन्त्रालयका अनुसार नेपालमा एकसातामा गरिएको ७६ हजार ४५६ नमुना परीक्षणमा ३५ हजार ५७ जनामा कोरोना संक्रमण देखिएको छ । साथै सोहि अवधिमा १३ हजार ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशैभरी ८१ हजार ४३० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये संस्थागत आइसोलेशनमा ६ हजार ७३० जना र होम आइसोलेशनमा ८१ हजार ४३९ रहेको पनि मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १७:०३ मा प्रकाशित






























