
२६, बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामालाई स्विकृत गर्दै ३ दिन भित्र नयाँ मन्त्रीपरिषद गठनका लागि प्रदेश प्रमुख सिता पौडेलले आह्वान गरेकी छन् ।
नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रीपरिषदले कार्यसञ्चालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिन भित्र सरकार गठन गर्न प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी छन् ।