back
CTIZAN AD

प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा आज मतदान हुने, प्राप्त गर्लान त विश्वास ?

वि.सं.२०७८ वैशाख २७ सोमवार

636 

shares

२७, बैशाख, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले संसदबाट मागेको विश्वासको मतमा आज मतदान हुने भएको छ । प्रधानमन्त्री ओलीले आजको संसदको बैठक विश्वासको मत लिने प्रयोजनकै लागि बोलाएका हुन् । संसदको बैठक दिउसो १ बजे बस्ने कार्यक्रम तय गरिएको छ ।

मतदानमा कोरोना संक्रमित भएका सांसदहरुले समेत मतदान गर्न पाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले मागेको विश्वासको मत विरुद्धमा मत हाल्ने विषयमा नेपाली कांग्रेश र नेकपा (माओवादी केन्द्र)ले निर्णय गरिसकेका छन् । अहिले संसदमा नेपाली कांग्रेशको ६१ नेकपा (माओवादी केन्द्र)को ४९ जना सांसद रहेका छन् ।

यस्तै ३२ जना सांसद भएको जसपाले आफ्ना सांसदहरुलाई मतदानको लागि ह्विप जारी नगर्ने निर्णय गरेको छ । जसमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदहरुले प्रधामन्त्री ओलीको पक्षमा मत हाल्न सक्ने अनुमान गरिएको छ ।

नेकपा (एमाल) कै खनाल नेपाल पक्षधर पक्षधर सांसदहरुले संसदमा आफुहरुलाई कसरी प्रस्तुत गर्छन भन्नेबारेमा पुष्टि भइसकेको छैन् । माधव नेपालले ६ बुँदे प्रस्ताव राखेर प्रधानमन्त्री ओलीलाई हिजो साँझ मात्रै पत्र पठाएका छन् । खनाल नेपाल पक्षले आज विहान ९ बजेसम्म प्रधानमन्त्री ओलीको धारणालाई हेरेर निर्णय गर्ने जनाएको छ ।

वि.सं.२०७८ वैशाख २७ सोमवार ०८:१९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...