Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आज सोमबार, राशिफल हेरेर गर्नुहोस् तपाईको आजको दिनको सुरुवात !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । नियमित काममा लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीले भने फाइदा नै दिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डे
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लक्ष्यमा पुग्न समय लाग्नेछ । मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । कामको चाप बढ्नेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि लाभ हुनेछ । व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । आस मारेको नतिजा समेत सकारात्मक हुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला ।

२०७८ वैशाख २७ गते, सोमवार, (१० मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (आइतबार) को राशिफल भन्छ–आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा