
२७ वैशाख, काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्र सचिव नरेन्द्र विक्रम शाहको निधन भएको छ । ८५ वर्षको उमेरमा शनिबार ललितपुरको बखुण्डोलस्थित आफ्नै निवासमा निधन भएको हो ।
न्यूयोर्कका लागि स्थायी प्रतिनिधि, सोभियत संघ रूसका लागि राजदूत समेत रहि लामो समय परराष्ट्र मन्त्रालयमा सेवा गरेका शाह कुशल कुटनीतिज्ञ मानिन्थे ।
नेकपा एमाले नेता विष्णु रिजालले शाहको निधनको खबर पुष्टि गर्दै दुःख लागेको व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘नेपालको परराष्ट्र र कूटनीतिक क्षेत्रमा अत्यन्त सम्मानका साथ नाम लिइने धुरन्धर कूटनीतिज्ञ नरेन्द्रविक्रम शाहको निधनको खबरबाट दुःख लागेको छ ।’