२७, बैशाख, काठमाडौं । नेकपा (एमाले) खनाल-नेपाल समुहको बैठक अहिले साढे ९ बजे संसद सचिवालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई ६ बुँदे पत्र पठाएर अहिले विहान ९ बजेसम्मको समयसिमा दिएको उक्त समुहको बैठक बसन लागेको हो ।
पत्रमा पार्टीलाई ०७५ जेठ २ गतेको अवस्थामा पुर्याउनुपर्ने, ०७६ फागुन २७ गतेको निर्णय खारेज गर्नुपर्ने, पार्टीलाई विधी, विधान र पद्दती अनुरुप सञ्चालन गर्नुपर्ने लगाएतका बुँदा शमावेश गरिएको थियो ।
पार्टीका नेता योगेश भट्टराईले आज विहान ९ बजेसम्म अध्यक्ष ओलीले आफ्ना मागमा सुनुवाई नगरेमा कठोर निर्णय गरेर अगाडि बढ्ने बताएका थिए ।
वि.सं.२०७८ वैशाख २७ सोमवार ०९:२७ मा प्रकाशित