Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री ओलीका ११ शैलीप्रति एमाले नेतृको टिप्पणी



२७ वैशाख, काठमाडौँ । नेकपा एमालेकी नेतृ सुष्मा राईले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी बनाउन अपनाउने गरेका तरिकाप्रति टिप्पणी गरेकी छन् ।

झलनाथ–माधव निकट मानिने नेतृ राईले सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलिले पार्टी बनाउन अपनाउने गरेका तरिकाप्रति ११ बुँदामा व्यङ्गात्मक टिप्पणी गरेकी छन् ।

उनले सञ्जालमा लेखेकी छन् :

खड्ग ओलीले पार्टी बनाउने ११ तरिका
१) महाधिवेशनबाट जितेर आएकाहरुलाई जिम्मेवारीबाट मुक्त गरिदिने र नेतामात्रै होइन मान्छे नै नगन्ने ।

२) पराजितहरु, गुण्डाहरु र अवसरवादीहरुलाई खोजी-खोजी महत्वपूर्ण जिम्मेवारी दिने, आफुलाई राजनायक र राजनेताका रुपमा प्रचार गर्न खटाउने ।

३) गुटको भेला गरेर निर्णय गर्ने र पार्टीले निर्णय गर्यो भनिदिने ।

४) पार्टी विधान मिचिदिने, गुटकै बैठक बसाएर संसोधन गरिदिने र विधी, पद्धति र परम्पराको धज्जी उडाइदिने ।

५) हुक्के, ढोके, लोभी र पापीहरुको पद सुरक्षीत राखेर लोकप्रिय एवं वरिष्ठ नेताहरुलाई पद मुक्त गर्ने ।

६) निर्वाचित सांसदलाई कारबाही भोग्नका लागि चेतावनी दिने, पद एवं पैसाको प्रलोभन दिने र विवेक शुन्य लम्पटहरु बोकेर हिंड्ने ।

७) मन्त्री, मुख्यमन्त्री, विभिन्न पद तथा अवसरहरु अयोग्य भक्तहरुलाई वितरण गर्ने र कुर्सी हल्लिँदा खनाल -नेपाल समूहको सम्झना गर्ने ।

८) अरु नेताहरुले पार्टी निर्माणमा पुर्याएको योगदानको मतलब नगर्ने र पार्टीलाई आफ्नो करेसाबारी तथा बारदली ठान्ने ।

९) पार्टीकै लोकप्रिय नेताहरुको बद्ख्वाँइ गर्न साइबर स्यालहरु परिचालन गर्ने, गाली गर्न सिकाउने र टुक्के प्रशिक्षण दिने ।

१०) पार्टीमा विचार, सिद्धान्त, कार्यक्रम र त्यसलाई व्यवहारमा जोड्न नदिने र रोक्ने ।

११) जाली, फटाह, अपहरणकारी, जग्गा दलाली र कमिसन खोरीहरुको व्यापक विस्तार गर्ने, भींड जम्मा गर्ने र मान्छे खरिद गर्ने कला सिकाउने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक