
२७, बैशाख, काठमाडौं । नेकपा (एमाले) विभाजन भैसकेको र त्यसको औपचारीक घोषणा गर्नका लागि मात्रै आफुहरु बैठक बस्न लागेको सांसद झपट रावलले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए
‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो। हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन । सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं,’ रावलले भने ।
आफुहरुले अनेकौं प्रयास गर्दापनि ओलिले पार्टीलाई फुटतिर लगेको भन्दै नेता रावलले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए ।