
२७ बैशाख, काठमाडौं । देशमा कोरोना संक्रमण तिब्ररुमा बढ्दै गएपछि एसईई र कक्षा १२ को परीक्षा स्थगीत भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको अनलाइन बैठकले जेठ १३ गतेको एसईई परीक्षा र जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाका कारण असहज परिस्थिति बन्दै गएपछि बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा बोर्डका अनुसार बोर्ड सदस्यहरुले १५ दिनभित्र परीक्षा सन्चालन बारे मोडल तयार गरेर बुझाउनु पर्नेछ ।
यसअघि त्रिभुवन विश्वविद्यालयले पनि बार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु बैशाख १४ देखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।