back

पछिल्लो २४ घण्टामा पर्सामा सात कोरोना सङ्क्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख २७ सोमवार

297 

shares
GLOBAL IME AD
NTC AD

२७ वैशाख, पर्सा । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दवासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ः०० बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान २ः०० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबारे दिउँसो १२ः१० बजे, नेशनल मेडिकल कलेजको अस्थायि कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजे र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

वि.सं.२०७८ वैशाख २७ सोमवार ११:२७ मा प्रकाशित

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...