Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

किन राजीनामा नदिने निर्णयमा पुग्यो माधव समूह ?



वैशाख २७, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले राजीनामा नदिने तर अनुपस्थित भएर असहयोग गर्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

तत्काल विश्वासको मत नदिएर असहयोग गर्नु नै पर्याप्त हुने उनको भनाई छ । सामूहिक राजीनामा दिने निर्णयबाट पछि हट्नु भएको हो भन्ने प्रश्नमा नेता रावलले भने, ‘हामी पछि फर्किएका छैनौँ । प्रधानमन्त्रीले विश्वासको मत मागेकाले मत नदिँदा नै पर्याप्त हुन्छ भनेर हामी अनुपस्थित हुने निर्णय गरेका हौँ ।’

यसअघि माधव समूहले केहि माग राख्दै पुरा नभए सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । तर, अन्तिम समय उपस्थित नभएर असहयोग गर्ने निर्णयमा पुगेको हो ।

हाल जसपाभित्रको किचलोको कारण गठबन्धन सरकार बन्ने परिस्थिति देखिन्न । यदि अवस्था गठबन्धन सरकार बन्न नसके ओलीले पुनः ठूलो दलको हैसियतमा सरकार गठनकाे पहल गर्नसक्नेछन् । संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले ठूलो दललाई सरकार गठनको लागि अवसर दिन सक्नेछिन् । 

अन्ततः ओलीलाई नै फाईदा

माधव समूहको निर्णयले तत्काल ओलीलाई विश्वासको मत नदिलाए पनि नयाँ सरकार गठनमा भने फेरि ओलीलाई सहयोग गर्ने देखिएको छ । माधव समूहले सामूहिक राजीनामा नदिएसँगै वैकल्पिक सरकार निर्माणको सम्भावना थप कठिन बनेको हो ।

माधव समूहको सांसदलाई देखाएर ओलीले नयाँ सरकार गठनमा नेतृत्व लिन सक्नेछन् । उनले जसपाभित्रको पूर्वराजपा समूहको सहयोगमा सरकार गठन गर्न सक्नेछन् ।

२७१ सदस्यीय प्रतिनिधि सभामा नेकपा (एमाले)सँग एकलै १२१ सांसद छन् ।

हाल जसपाभित्रको किचलोको कारण गठबन्धन सरकार बन्ने परिस्थिति देखिन्न । यदि अवस्था गठबन्धन सरकार बन्न नसके ओलीले पुनः ठूलो दलको हैसियतमा तत्काल सरकार निर्माण गर्न सक्नेछन् ।

माधव समूहभित्रका विशेषतः युवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत निरन्तर ओली पक्षसँग छलफलमा छ । उनीहरु पार्टी विभाजन गरेर जाँदा आफुँहरुको अस्थित्व सकिने चिन्तामा पनि देखिन्छन् ।

आफैँमा विभाजित भयो माधव समूह

माधव समूह निकै अस्थिर देखिएको छ । अस्थिर देखिनुको कारण समूहभित्रका नेताहरुबीच एकमत नहुनु नै हो ।

माधव समूहभित्रका एउटा खेमा एमालेबाट बाहिरिन नहुने पक्षमा छ भने अर्को खेमा आवश्यक परे नयाँ पार्टी गठन गरेर जानुपर्ने पक्षमा छ ।

माधव समूहभित्रका विशेषतः युवा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत निरन्तर ओली पक्षसँग छलफलमा छ । उनीहरु पार्टी विभाजन गरेर जाँदा आफुँहरुको अस्थित्व सकिने चिन्तामा पनि देखिन्छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा