-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमितहरुको उपचारका लागि कपिलवस्तु अस्पतालद्धारा आर्थिक सहयोगको अपिल



२७ बैशाख, काठमाडौं । जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तु अस्पतालले आर्थिक सहयोगका लागि सवैमा अपिल गरेको छ । अस्पतालमा कोरोनाको नयाँ भेरियन्टसहित सक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको हुनाले अस्पतालमा अक्सिजन ग्याँसको सप्लाई, फ्रन्टलाइनमा कामगर्ने कर्मचारीहरुका लागि पिपीई लगायतका सामग्री व्यवस्थापनका लागि आर्थिक अभाव भइरहेको भन्दै अस्पतालले व्यवसायी, उद्योगी, कर्मचारी, शिक्षक, बुद्दिजीवी लगायत समक्ष अनुरोध गरेको हो ।

अस्पतालका व्यवस्थापक रत्नाकार शुक्लाले अहिले अस्पतालको स्थिति निकै गम्भीर भएको हुनाले सहयोगको अपिल गरेको स्वीकारे । ‘अस्पतालमा कोरोना संक्रमितहरुको अवस्था भयावह छ । १२१ जना कर्मचारीहरु रहेकोमा २२ बेडको कोरोना विशेष अस्पतालमा पनि त्यहि जनशक्तिले काम गरिरहेको छ,’ संसारन्युजसँग शुक्लाले भने, ‘अस्पतालमा ५० जना गम्भीर खालका विरामीको उपचार भइरहेको छ भने अस्पतालको भुँइमा समेत राखेर समेत २०–३० जनाको उपचार गर्नुपर्ने अवस्थामा छौं । ’

शुक्लाले अक्सिजनको अभावमा दैनिक २ देखि चारजना संक्रमितको मृत्यु भइरहेको पनि बताए । उनका अनुसार गम्भीर अवस्थाका विरामीलाई दिनभरीमा तीन सिलिण्डर अक्सिजन दिनुपर्नेहुन्छ । ‘हामीलाई पिपीई, अक्सिजन सिलिण्डर वा आर्थिक सहयोग जे गर्दा पनि हुन्छ । हाम्रो आफ्नो साधन श्रोतले नभ्याएर यस्तो अपिल गरेका हौं ।’ उनले भने ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं