back

माधव र झलनाथलाई बामदेवको आग्रह : बेग्लै पार्टी बनाउँ, म सहभागी हुन्छु

वि.सं.२०७८ वैशाख २७ सोमवार

297 

shares
GLOBAL IME AD
NTC AD

वैशाख २७, काठमाडौं । नेकपा (एमाले)का नेता बामदेव गौतमले आफुँ एमाले विभाजन भए माधव कुमार नेपाल र झलनाथ खनाल पक्षमा लाग्ने बताएका छन् । सोमबार पार्टी विवादबारे एक प्रेसनोट जारी गर्दै उनले यस्तो बताएका हुन् ।

नेता गौतमले पार्टीभित्रै बसेर समानान्तर कमिटी बनाउने कुरा भने गलत भएको बताए । घुमाउरो शैलीमा नेता गौतमले पार्टी विभाजन गर्न पनि माधव र झलनाथलाई सुझाब दिएका छन् ।

‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन, तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु’, नेता गौतमले भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफुँले सर्वोच्चको आदेशअनुसार साबिक अवस्थामै फर्किन आग्रह गरेको तर, उक्त प्रस्ताव ओलीले अस्वीकार गरेको उनले बताए । उनले आफुँ ओलीको पक्षमा नभएको पनि स्पष्ट पारेका छन् ।

‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क। अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’, ओलीसँगको कुराकानीबारे उनले भनेका छन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदै गर्दा वामदेव गौतमले पार्टी एकताको लागि राष्ट्रिय अभियान चलाएका थिए । उनले पार्टी विभाजन हुन नहुने भन्दै एकताको आवश्यकता औंल्याएका थिए ।

तर, सर्वोच्चको आदेशसँगै पार्टीहरु साबिक अवस्थामा फर्किएपछि भने उनले एमाले एकता हुनुपर्ने अभियान चलाएका छन् ।

 

वि.सं.२०७८ वैशाख २७ सोमवार १३:२३ मा प्रकाशित

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...