२७ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको उपचारका क्रममा बेनी अस्पतालमा आईतबार राति ३ बजे मृत्यु भएको छ ।
उनमा आइतबारै कोरोना संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी पर्वतको कुश्मा नगरपालिका ४ का पुरुषको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २२ गते कोरोना संक्रमण पृष्टि भएको थियो ।
आज थपिएका २ जनासँगै प्रदेशमा हालसम्म २६५ जनाले ज्यान गुमाएको पनि निर्देशनालयले जनाएको छ । आज थपिएका १५५ नयाँ संक्रमित सँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ३८४ पुगेको छ ।
वि.सं.२०७८ वैशाख २७ सोमवार १४:०४ मा प्रकाशित