back

अक्सिजन संकलनमा लाग्यो प्रहरी, २३० थान विभिन्न अस्पतालमा बुझाइयो

वि.सं.२०७८ वैशाख २७ सोमवार

366 

shares
GLOBAL IME AD
NTC AD

२७ बैशाख, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले विभिन्न ठाउँबाट २३० थान अक्सिजन सिलिण्डर संकलन गरेर विभिन्न अस्पतालमा वितरण गरेको छ ।
कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अतिआवश्यक सिलिन्डरको अभाव देखिएपछि जिल्लाका विभिन्न स्थानमा प्रयोगबिहीन रहेका २ सय ३० थान अक्सिजन सिलिन्डरहरु विभिन्न अस्पतालहरुलाई बुझाइएको हो ।

संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय भए अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ८० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ५० थान, ब्रजबाराही अस्पताल चापागाउँलाई १० थान, अल्का अस्पताल जावलाखेललाई १५ थान, सुमेरु अस्पताल धापाखेललाई १० थान, स्टार अस्पताललाई २० थान, मेघा अस्पताललाई २० थान, गणेशमान सिंह अस्पताललाई १० थान र ललितपुर महानगरपालिकाबाट संचालित बागडोलस्थित वृद्राश्रममा रहेको आइसोलेशन सेन्टरलाई १५ थान दिईएको हो ।

May be an image of one or more people, people standing, outdoors and tree

साथै अक्सिजन उत्पादन कार्यमा संलग्न रहेका उद्योगीहरुको रोटेशनमा नरहेका अक्सिजन सिलिन्डरहरुको बिबरण समेत माग गरी स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिन समेत महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।

 

वि.सं.२०७८ वैशाख २७ सोमवार १४:२३ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...

प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

प्रदेशसभा बैठकः मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश...

सहकारी ठगी प्रकरण : लामिछानेलाई ५४ लाख धरौटी माग

सहकारी ठगी प्रकरण : लामिछानेलाई ५४ लाख धरौटी माग

चितवन । जिल्ला अदालत चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था...