Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

महन्थ ठाकूर समूहप्रति बाबुरामको टिप्पणी : ठीक/बेठिक छुट्याउन नसक्ने कायर !



वैशाख २७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले महन्थ ठाकूर समूहको शैली कायर खालको भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष/विपक्षमा नउभिने भन्ने महन्थ ठाकुर समूहको निर्णय कायर खालको भएको उनको टिप्पणी छ ।

उनले तटस्थ बस्ने ठाकुर समूहको निर्णयले ओलीलाई सहयोग गरेको बताए । उनका अनुसार ठीक र बेठीकका बीच हुने संघर्षमा तटस्थ बस्नु गलत हो ।

‘ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो, कहिले बेठीकहरू वीचमानै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।

ओली प्रवृत्ति बेठीक भएको भन्दै उनले ओलीको विरोधमा एकजुट हुन आव्हान गरे । ‘अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छ, अतस्विरोध गरौं !’

प्रधानमन्त्री ओलीको पक्षमा समर्थन जुटाउन निरन्तर लागि परेको जसपाको पूर्वराजपा समूह अन्तिम समय तटस्थ बस्ने निर्णयमा पुगेको थियो । उक्त समूहले पार्टीभित्र बहुमत देखाउन अन्तिमसम्म निकै कोसिस गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा