Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमितहरूका लागि विष समान खानेकुराहरू



विश्वव्यापि महामारीका रूपमा फैलिएको कोरोना भाईरस रोग “कोभीड–१९” का कारण आज समस्त विश्व आक्रान्त छ। दैनिक लाखौँको संख्यामा मानिसहरू संक्रमित हुन र हजारौको संख्यामा मारिन थाले पछि यो रोगको त्रासले आज समस्त विश्व मानव समुदाय प्रताडित भईरहेको छ। हाम्रो देशमा पनि हजारौको संख्यामा संक्रमितहरू थपिन थालेपछि यो रोगलाई कसरी नियन्त्रणमा लिने भन्ने विषय राष्ट्रिय चिन्ताको विषय बनेको छ।

पछिल्लो समयमा आएर कोरोना भाईरसको दोश्रो भेरियण्टका कारणले लाखौं मानिसहरू एकसाथ संक्रमित हुन थाले पश्चात एकतिर स्वास्थ्य सेवा र अक्सिजन नपाएर मानिसले ज्यान गुमाई रहनु परेको छ भने अर्को तिर कोभीड–रोगका रोगीहरूको पथ्य अपथ्य नमिलेको कारणले रोगको जटिलता झन–झन बढ्दै गईरहेको छ। संक्रमणका क्रममा के खाने के नखाने भन्ने ज्ञान नहुन्दा आज संक्रमितहरूने जथाभावी खाने गरेको र रोग विगारेर झन झन सिकिस्त भएर ज्यान गुमाउनु परेको छ। यसै सन्धर्भमा म आज तपाईहरूलाई कोरोना भाईरसबाट संक्रमित हरूले खान नहुने खानेकुराको बारेमा जानकारी दिन गईरहेको छु।

कोरोना संक्रमितहरूले के के नखाने ?

कोभीड–१९का रोगीहरूले एकातिर प्रतिरक्षा प्रणालीलाई असर गर्ने खानेकुराहरूको सेवन गर्नु हुँदैन भने अर्कोतिर औषधोपचारका साथ साथै स्वस्थ आहारको सेवन पनि गर्नुपर्दछ। संक्रमणको समयमा खानपिनमा गडबडी भयो भने, यो निको हुन धेरै समय लाग्न सक्छ वा रोग झनै जटिल बन्नसक्छ। यसर्थ खानपिनको विशेष ख्याल राख्नुहोस्। प्रतिरक्षा प्रणालीलाई असर गर्ने खाने कुराहरूको सेवन गर्दै नगर्नुस र रोग प्रतिरोधक क्षमता बढाउने खानेकुराहरूलाई खानेकुरामा समाबेस गर्नुहोस।

१. जङ्कफूड यानिकी घटिया खानाः सबल प्रतिरक्षा प्रणालीको लागि संतुलित, प्रकृतिक एवं पौष्टिक खानाको ठूलो महत्व छ । खानाको गुणस्तर खस्किदा प्रतिरक्षा प्रणालीको कार्यक्षमता पनि खस्किन्छ । त्यसमा पनि जंङ्कफुड, रिफाईण्ड फुड र मीलावटी खानेकुरा हरूको सेवनले प्रतिरक्षा प्रणालीलाई बेस्सरी आघात पुर्याउदछ । यी खानेकुराहरूमा प्रचूर मात्रामा स्याचूरेटेड याट, प्रशोधित चिनी, चाहिने भन्दा उच्च मात्रामा नुन, स्वाद बर्धक रसायन, अजीनोमोटो जस्ता प्रीजरभेटिभ हालीएको हुदाँँ यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्याउँदछ फलतः घाउ–खटिरा छिटोे निको नहुने, ईन्लामेशन भईरहने, क्यानसरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोगहरू लाग्ने, एलार्जीले सताईरहने र प्रतिरक्षा प्रणाली आत्मघाती समेत हुने गर्दछ । कोरोना संक्रमणका दैरान जङ्कफूडको सेवन गर्दा संक्रमण झनै जटिल बन्दै जान्छ।

२. कोल्डड्रिङ्कसको सेवनः कोकाकोला, पेप्सिकोला, फण्टा, मिरिण्डा, डियू, स्प्राईट जस्ता पेय पदार्थ जसलाई कार्बोनेटेड सफ्टडिङ्क पनि भनिन्छ को सेवन गर्नु हुदैन। कोल्डड्रिङ्कको सेवन गर्नाले सर्वप्रथमतः यसले पेट हुस्स पारिदिने र श्वास फेर्न नै गाह्राे बनाईदिने गर्दछ। यसै गरि कोल्लड्रिङ्कमा उच्च मात्रामा हालिएको चिनीले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउदछ भने भाईसरको वृद्धि बर्दनलाई पनि टेवा पुर्याउँदछ। यसर्थ कोरोना संक्रमणका क्रममा कोल्डड्रिङ्कको सेवन गनरौ। बरू कोल्डड्रिङ्कका सट्टा फलफूलको ताजाँ रस, कागती पानी, जडिबूटिका काँडा वा कषाया खाने गरौ।

३.तारे भूटेको खानेकुराहरूः कोविड–१९ को संक्रमण पश्चात धेरैजनालाई गन्ध र स्वाद हराउने जस्ता समस्या देखा पर्दछन। यसो हुँदा अधिकांशले तारे भूटेको, अमिलो पिरो हालिएको, चटपटे, खानेकुँराहरू खान खोज्दछन्। यदि तपाई पनि कोरोना बाट संक्रमित हुनुहुन्छ वा भर्खरै संक्रमण जितेर रिकभरी फेजमा हुनुहुन्छ भने यस मामिलामा, आफूलाई अलि नियन्त्रण गर्नुहोस्। मसलादार र तारेभूटेका खानेकुराहरू नखानुहोस। किनकि तारेभूटेको खानेकुराहरूमा चिल्लो पदार्थको अधिकता हुन्छ, जसले पचाउन धेरै समय लाग्दछ। तारेभूटेको खानेकुराले पाचन प्रणालीलाई पनि असर गर्दछ।विभिन्न अनुसन्धानहरूले दर्शाय अनुरूप उच्च चिल्लो भएको खानेकुराले प्रतिरक्षा प्रणाली राम्रोसँग काम गर्न दिदैन साथै खराब कोलेस्ट्रोललाई पनि बढाउँदछ। यसर्थ कोरोना संक्रमणका दैरान तारेभूटेका, चटपटे, अमिलो पिरो हालिएको, खानेकुराहरू खादै नखानुहोस।

४.उच्च मात्रामा मसला हालिएको खानाः स्वाद र सन्ततुष्टिका लागि खानामा उच्च मात्रामा मसला हाल्ने चलन पुरानै हो तर यदि तपाई कोरोना बाट संक्रमित हुनुहुन्छ भने, मसलादार खानाबाट टाढा रहनु पर्छ। मसलादार खाना खाँदा घाँटीदुख्ने, पेट हुडल्ने, छाती पोल्ने, वायु बढ्ने र पेट सम्बन्धी अन्य समस्याहरू हुन सक्छन्। मसलादार खानाले कफको व्याधिलाई पनि बढाई दिन्छ। फलतः समस्या कोभीड रिकभरी सुस्त हुने देखि समस्या जटिल हुँदै गएर ज्यानै पनि जान सक्दछ।

५. बोतल र बट्टाबद्ध खानेकुराहरूः बोतल र बट्टाबद्ध खानेकुराहरूको सेवन, कोरोना संक्रमितहरूका लागि विष समान छ। यी खानेकुराहरूको सेवनले कोरोना संक्रमणका जटिलतालाई झनै बढुवा दिने गर्दछ। यसो हुनुको कारण के हो भने बोटल र बट्टाबद्ध खानेकुराहरूमा धेरै प्रिजरवेटिव र सोडियम हालिएको हुन्छ, जसले तपाईंको ईन्फ्लामेसनलाई बढाउने गर्दछ। ईन्फ्लामेसन बढ्यो भने कोरोना निको हुन लामो समय लिनदेखि संक्रमणको जटिलता बढेर ज्यानै पनि जान सक्दछ।

६. चिनीको सेवनः हामीले मिठो मानी मानी खानेगरेको चिनी वा चिनी हालीएका खानेकुराहरू स्वास्थ्यकालागि अत्यन्त हानीकारक हुन भन्ने विषय धेरैलाई थाह नहुन सक्छ तर वास्तविकता हेर्ने हो भने चिनी हाम्रो लागि मिठो विष हो । चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको किटाणु मार्ने क्षमतालाई दुर्बल गराई दिन्छ । यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्नका लागि आवश्यक भिटामिन सी लागाएतका रसायन हरूलाई चिनीले कोषभित्र जान दिदैन फलतः यी कोषहरूको कार्यक्षमता घट्दछ । चिनी यदि चिया, कफी, कोका, सोडा जस्ता पेयको साथमा लिईएको हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्याउदछ । यसो हुनुको पछाडी चिया, कफी, कोका, सोडामा विद्यमान तत्वहरूले स्नायू तन्त्रलाई लठ्याएर धरैमात्रामा कर्टीसोल उत्सर्जन गर्दछ जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्दछ ।

७. प्रशोधित खानेकुराहरूः प्रशोधन गरेर प्राकृतिक गुणधर्म नष्ट गरिएका खानेकुराहरू जस्तै प्रशोधित अन्न, मैदाका परिकारहरू, प्रशोधित मासु, संरक्षित खाद्यान्न आदिको सेवन कोरोना संक्रमणका रोगीका लागि विष समान छन्। यी खानेकुराहरूमा प्रचूर मात्रामा, ईमल्सिफाएर, प्रिजरभेटिभस र चिनी, कर्नसिरप, नुन, कृतिम गुलीयो जस्ता फूड एडेटिभ्स र कृतिम रंगहरू हालिएको हुँदा यी खानेकुराहरूको सेवनले प्रतिरक्षा प्रणालीलाई कमजोर तुल्याउदछ। यी खाने कुराहरूको सेवन गर्दा पेटको भित्री पत्र सुन्निने, पेटका ब्याक्टिेरियाहरू मर्ने आदि हुन्छ जसले प्रतिरक्षा प्रणाली कमजोर हुनका साथ साथै प्रतिघाति पनि हुँन सक्छ।

८. रक्सी र चूरोटः लगाएको रक्सीले कोरोनाका किटाणुहरू मारे पनि खाएको रक्सीले संक्रमणलाई झनै बढवा दिन्छ। रक्सीले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो आन्द्रा आदिलाई पनि आघात पुर्याउदछ। यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौ जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकीदिने र चुस्त प्रतिरक्षा क्रियाकालागि चाहिने रसायनको शंष्लेषणलाई समेत प्रभाव पारिदिने हुँदा रक्सीको सेवन सर्वथा बर्जीत मानिएको छ ।

यसैगरि धूम्रपान पनि प्रतिरक्षा प्रणालीलाई अत्यन्त कमजोर पार्ने तत्व हो। धूमपान गर्दा धूवामा विद्यमान अनेकौ हानीकारक तत्वहरूले प्रतिरक्षक कोषहरूको कार्य कुशलता कम गरिदिने, कोषहरूमा विद्यमान एण्टीअक्सिडेण्टको गतिविध निरस्त गरिदिने, धरै भन्दा धेरै फ्रि–रेडिकलहरूको उत्पादन गराई दिने र ती कोषहरूको डी.एन.ए. समेत ड्यामेज गरिदिने गर्दछ । कमजोर प्रतिरक्षा भएकै कारण कोभिड–१९ धूमपान कर्ताहरूमा भयाबह बन्ने गरेको छ ।

कोरोना संक्रमितले के खाने?

कोरोना संक्रमित बिरामीहरूले उच्च खाद्यरेशा भएको खानेकुरा खानुपर्ने हुन्छ। कोदो, फापर, चिनो चामल, कागुनो चामल, जुनेलो र बाजरा जस्ता अन्न, हरिया सागपात फलफूल एवं तरकारीमा उच्च खाद्य रेशा पाईन्छ। यसैगरि वनस्पतिय प्रोटीनहरू जस्तै सिमी, बोडी, दाल, ताजा फलफूल र तरकारीहरूलाई पनि आफ्नो खानेकुरामा समाबेश गर्न नभुल्नुहोला।

कोरोना संक्रमितहरूले दैनिक ८ देखि १० गिलास पानी पिउनु पर्दछ। प्रतिरक्षा प्रणाली वृद्धि गर्न र संक्रमण घटाउन, अमला, कागती, सुन्तला, भूईकटहर जस्ता सिट्रस फलहरू खानु दिनुपर्दछ। अदुवा, लसुन, बेसार, मरिच, दालचिनी जस्ता खानेकुराहरूलाई पनि खानेकुरामा समाबेश गर्ने गरौ। दिनको २ चोटी आफ्नो तौल लाई १०ले गुणन गरेर प्राप्त योगफल बराबर ग्राम चार किसिमका मौषम अनुसारका फलफूल सेवन गर्ने गरौ। आवधिक उपवासले पनि कोरोना संक्रमणलाई लगाम लगाउन ठूलो मद्यत पुर्याउने हुँदा आवधिक उपवास गर्ने गरौ।

लेखक भरतपुर–१ वागीश्वरी चितवन स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुँन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा