back

पूर्वमन्त्री भण्डारी सङ्क्रमण मुक्त

वि.सं.२०७८ वैशाख २७ सोमवार

294 

shares
GLOBAL IME AD
NTC AD

२७ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना भएका नेता भण्डारी आइतबार राती डिस्चार्ज भएका हुन् ।

गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्केका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमणसँगै होम आइसोलेसनमा रहेका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । नेता भण्डारीसहित उनका श्रीमती र छोरालाई समेत कोरोना सङ्क्रमण देखिएको थियो ।

नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफुलाई कोरोना सङ्क्रणबाट मुक्त गराउन अनवरत खटिएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन्। उनले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख २७ सोमवार १५:५८ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो...