back
CTIZAN AD

ओलीले गुमाए विश्वासको मत, पक्षमा ९३, विपक्षमा १२४

वि.सं.२०७८ वैशाख २७ सोमवार

726 

shares

वैशाख २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएका छन् । आइतबार प्रतिनिधि सभामा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ सांसदले मात्रै विश्वासको मत दिएका हुन् ।

संसदमा भएको मत विभाजनमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । जनता समाजवादी पार्टी (जसपा)को पूर्वराजपाका १५ सांसदले मतविभाजनमा तटस्थमा मतदान गरेका थिए । मतविभाजनमा जसपाका १७ भने विपक्षमा मतदान गरेका छन् ।

विश्वासको मत गुमाएसँगै ओलीले प्रधानमन्त्रीको पद पनि गुमाएका छन् । उनी नेतृत्वको सरकार अर्को सरकार नबन्ने समयसम्मका लागि कामचलाउमा परिणत भएको छ ।

योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणको लागि दलहरुलाई संवैधानिक व्यवस्थाअनुसार आव्हान गर्नुपर्ने भएको छ । हालको सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिम बनेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले धारा ७६ को उपधारा २ बमोजिम बहुमतीय सरकार गठनका लागि आव्हान गर्नेछिन् । हाल संसदमा कुनै पनि दलसँग एकल बहुमत छैन् ।

 

वि.सं.२०७८ वैशाख २७ सोमवार १७:५३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...