२७ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि ७२ घण्टाभित्र बहुमत पु¥याएर आउन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम वैशाख ३० बिहिबार साँझ ९.बजे भित्र बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि साँझ प्रतिनिधि सभाका तीन ठूला दलले नयाँ सरकारको प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।
मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ–
वि.सं.२०७८ वैशाख २७ सोमवार २१:४० मा प्रकाशित































