back
CTIZAN AD

जसपा महन्थ ठाकुर पक्ष वैकल्पिक सरकार निर्माणमा नलाग्ने

वि.सं.२०७८ वैशाख २८ मंगलवार

660 

shares

२८, बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्ष वैकल्पिक सरकरा निर्माणमा नलाग्ने भएको छ । २७ गते मध्यराती प्रेस विज्ञप्ति जारी गर्दै जसपाका अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् ।

‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जसपा अर्का अध्यक्ष उपेन्द्र यादवले २७ गते साँझ नै वैकल्पिक सरकार गठनको लागि नेपाली कांग्रेश र नेकपा (माओवादी केन्द्र) संग मिलेर राष्ट्रपतिलाई आग्रह गर्ने पत्रमा हस्ताक्षर गरेका थिए । नयाँ सरकार निर्माणको विषयलाई लिएर जसपाका दुई अध्यक्षको फरक फरक विज्ञप्ति आउनुले जसपा विभाजनको संकेत देखापरेको छ ।

हेर्नुहोस विज्ञप्ति :

वि.सं.२०७८ वैशाख २८ मंगलवार ०८:०७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...