back
CTIZAN AD

केपी ओलीले वार्तालाई केवल भ्रम सिर्जना गर्ने र दाउपेचका रुपमा उपयोग गर्न खोजे – नेता नेपाल

वि.सं.२०७८ वैशाख २८ मंगलवार

684 

shares

२८, बैशाख, काठमाडौं । नेकपा (एमाले) मा निलम्बनको अवस्थामा रहेका नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले दुई पक्षबीचको वार्तालाई केवल भ्रम सिर्जना गर्ने र दाउपेचका रुपमा अगाडि बढाएको आरोप लगाएका छन् । ‘उहाँले वार्तालाई केवल अल्मल्याउने र भ्रम सिर्जना गर्ने दाउपेचका रुपमा उपयोग गर्नखोजेको देखियो,’ नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीलाई नवौं महाधिवेशन अनुरुप सञ्चालन गर्न नमानेको, पार्टी एकतालाई जोगाउन नखोजेको र संसद अधिवेशन पुर्व विज्ञप्ति निकालेर अहंकार, गुटगत र पार्टी एकता विरोधी प्रवृत्ति देखाएको नेपालले आरोप लगाएका छन् । नेता नेपालका अनुसार अध्यक्ष ओलीले पार्टी केन्द्रिय समितिमा आफ्ना पिछलग्गुहरुलाई नियुक्ति गर्ने र आफु लगाएतका केन्द्रिय सदस्यहरुलाई निस्कासन गरेर पार्टी विभाजनको अपराधपुर्ण बाटो समातेको उल्लेख गरेका छन् ।

आफुहरुले पार्टी विधिसम्मत हिसाबले सञ्चालन गर्ने प्रस्ताव राख्दा ओलले झनै उदण्ड र निरंकुश व्यवहार गर्न थालेको नेपालको आरोप छ । ओलीले पार्टीमा मात्रै नभएर राज्यमा नै स्वच्छाचारी र अनियमित काम गरेको आरोप लगाउँदै नेता नेपालले प्रतिनिधिसभाको असंबैधानिक विघटन, संवैधानिक परिषदमा मनपरी, कानुनको उपहास र भ्रष्टाचारीलाई संरक्षण जस्ता कार्य ओलीबाट भएको बताएका छन् ।

नेता नेपालले विज्ञप्तिमा भनेका छन् ‘देश कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला जनताको स्वास्थ्य सुरक्षाका लागि काम गर्नुपर्ने बेला स्वास्थ्य सामग्रीमा समेत भ्रष्टचार गर्नेहरुलाई प्रश्रय दिनुका साथै राष्ट्रलाई अन्योलग्रस्त तुल्याउने र विभाजित गर्ने काम प्रधानमन्त्रीबाट भइरहेको छ । ’

वि.सं.२०७८ वैशाख २८ मंगलवार ०८:४८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...