back
CTIZAN AD

भारतीय खेलाडीहरु दुई टिममा विभाजन हुदै, एक टिमले श्रीलंका र अर्को टिमले इंल्याण्डसँग खेल्ने

वि.सं.२०७८ वैशाख २८ मंगलवार

672 

shares

२८ वैशाख, काठमाडौँ । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले आफ्ना खेलाडीहरुलाई दुई टिममा विभाजन गर्ने भएको छ । श्रीलंका र इंल्याण्ड विरुद्धको श्रृखला एकै समयमा हुने भएकाले बिसीसीआईले खेलाडीहरुलाई दुई टिममा विभाजन गर्न लागेको हो ।

भारतको १ टिमले जुलाईमा श्रृखला विरुद्ध एकदिवसीय र टि-२० श्रृखला खेल्ने छ भने अर्को टिमले इंल्याण्डमा न्यूजिल्याण्ड विरुद्ध आईसीसी वल्र्ड टेस्ट सिरिजको फाइनल र इंल्याण्ड विरुद्ध ५ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

वल्र्ड टेस्ट सिरिजको फाइनल र इंल्याण्ड विरुद्धको टेस्ट श्रृखलाका लागि बिसीसीआई खेलाडीहरुको चयन गरिसकेको छ भने श्रीलंका विरुद्धको श्रृखलाका लागि खेलाडीहरुको चयन हुन बाँकी रहेको छ ।

भारतीय टिमका विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह, रविचन्द्र अश्विनर रविन्द्र जडेजा, केएल राहुल जस्ता दिग्गज खेलाडी इंल्याण्डमा हुने भएकाले उनीहरुले श्रीलंका विरुद्धको श्रृखला गुमाउने छन । टिमका केही मह्त्वपूर्ण खेलाडीहरु इंल्याण्डमा हुने भएकाले श्रीलंका विरुद्धको श्रृखलाका लागि केही युवा खेलाडीहरुले मौका पाउने सम्भावना उच्च रहेको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार ०९:३० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...