नानी-बाबु जानाजानी अटेरी बने के गर्ने ?
क) तत्काल कुरा गर्दा उनीहरू रक्षात्मक बन्छन्। केहि समय पर्खौँ। शान्त भए पछि कुरा गरौँ।
ख) अटेरीपनले जे काममा बाधा ल्याउँछ, उनीहरूलाई जबाफदेही बनाऔँ।
ग) आफुले उनीहरूलाई किन त्यो काम गर्न भनेको हो, कारण बताऔँ। काम मात्र नअह्राऔँ।
नानी-बाबु कहिलेकाँहि अटेरि बन्छन्। भनेको मान्दैनन्।यस्तो बेला के गर्ने ?
क) आदेशलाई खेलमा परिणत गरौँ।जस्तैस् तिमी ५ मिनेटमा यो सफा गर्न सक्छौ ? सक्दैनौ जस्तो लाग्छ मलाई।
ख)) सकारात्मक बोलौँ। जस्तै: “हात नधोए सम्म खान दिन्न”नभनि “हात धुनासाथ खाना पस्किहाल्छु”भनौँ। अब हेर्नुस के गर्छन?
आमा र बाबुको बच्चा हुर्काउने तरिका परस्पर विरोधी भयो भने बच्चामा भ्रम सिर्जना हुन्छ। आमा वा बाबु मध्ये एकलाई नराम्रो मान्छन्। अपराध बोध गर्छन्। यस्तो अवस्थामा :
क) बच्चा कसरी हुर्काउने भनेर सल्लाह गरौँ।
ख) उनीहरूको अघि परस्पर विरोधी सोच र व्यवहार नदेखाऔँ।
ग) टिम बनेर हुर्काऔँ।
नानी-बाबुलाई हामीले माया गरिरहेका छौँ भन्ने सूचना दिने ४ व्यवहार :
क) सम्बन्ध पुष्टी गर्ने वाक्य बोलौँ- मलाई तिमी माथि गर्व छ।
ख) उनीहरूलाई बेला बेलामा छोऔँ-अङ्गालो मार्ने,हात समात्ने।
ग) समय दिऔँ- सँगै हिँडौँ,सँगै खाऔँ।
घ) सेवा-भाव देखाऔँ-ओछ्यान मिलाइदिऔँ,दुध टेबलमा पुर्याइदिऔँ।
खुशि नानी-बाबु हुर्काउने काईदा:
क) उनीहरू बोल्दा सुनौँ।
ख) उनीहरूको कमजोरी नहेरौँ। क्षमता हेरौँ।
ग) संवेग व्यक्त गर्न दिऔँ। स्विकार गरौँ।
घ) उनीहरूको समयसारिणीमा स्वतन्त्र खेल्ने समय राखौँ।
ङ) खाना र खाजा सकेसम्म सँगै खाऔँ।
च) प्राकृतिक बस्तुसँगको अन्तरकृयालाई बढावा दिऔँ।
नानी-बाबुले आफ्नो काम, शब्द, विचार र प्रतिकृया नियन्त्रण गर्न सिके जीवन सहज हुन्छ।
क) आफ्नो काम- म कसरी व्यवहार गर्छु र कस्तो व्यवहार गर्छु।
ख) आफ्नो शब्द- म के भन्छु र कसरी भन्छु।
ग) आफ्नो विचार- म के सोच्छु र कसरी सोच्छु।
घ) आफ्नो प्रतिकृया-कुन परिस्थितीमा कस्तो प्रतिकृया दिन्छु।
नानी-बाबु आफै आत्मविश्वासी बन्दैनन्। यसको लागि हामीले भूमिका खेल्नुपर्छ।
क) उनीहरूलाई जहिल्यै सकारात्मक महसुस गराऔँ।
ख) हरेक ठाउँमा उनीहरूको उपस्थितीलाई स्विकार गरौँ।
ग) उनीहरूमा ‘म सक्षम छु’ र ‘म गर्न सक्छु’ भन्ने सोच विकास गराऔँ।
घ) उनीहरूको काम र विचारमा स्वतन्त्रता दिऔँ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार ०९:४३ मा प्रकाशित






























