back
CTIZAN AD

अजोड इन्स्योरेन्स कम्पनीको नाफा ७३ प्रतिशतले बढ्यो

वि.सं.२०७८ वैशाख २८ मंगलवार

600 

shares

२८ वैशाख, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७३.७८ प्रतिशतले मुनाफा गरेको छ । त्यस्तै कम्पनीका अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् ।

कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा ६ करोड ११ लाख मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख मुनाफा आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीको बीमा कोषमा ९ करोड २९ लाख रुपैयाँ संचित भएको छ । अघिल्लो वर्षको तुलनामा यो ९३.०५ प्रतिशतले बढि हो । कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ संचित रहेको थियो ।

चालु आ. व.को नौ महिनामा खुद बिमा शुल्क पनि ६१.६४ प्रतिशतले बढेको छ । चालु आ व मा कम्पनीले २९ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी पनि १.४६ प्रतिशतले बढेर ८ रुपैयाँ १५ पैसा पुगेका छ भने प्रतिशेयर नेटवर्थ पनि ५.२२ प्रतिशतले बढेर ११७ रुपैयाँ ६८ पैसा पुगेको छ ।

सम्बन्धित समाचार …….

युनियन लाइफकाे खुद बीमा शुल्क पाँच अर्ब माथि, नाफा भने घट्यो

वि.सं.२०७८ वैशाख २८ मंगलवार १०:०९ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...