
२८ वैशाख, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७३.७८ प्रतिशतले मुनाफा गरेको छ । त्यस्तै कम्पनीका अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् ।
कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा ६ करोड ११ लाख मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख मुनाफा आर्जन गरेको थियो ।
त्यसैगरी कम्पनीको बीमा कोषमा ९ करोड २९ लाख रुपैयाँ संचित भएको छ । अघिल्लो वर्षको तुलनामा यो ९३.०५ प्रतिशतले बढि हो । कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ संचित रहेको थियो ।
चालु आ. व.को नौ महिनामा खुद बिमा शुल्क पनि ६१.६४ प्रतिशतले बढेको छ । चालु आ व मा कम्पनीले २९ करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी पनि १.४६ प्रतिशतले बढेर ८ रुपैयाँ १५ पैसा पुगेका छ भने प्रतिशेयर नेटवर्थ पनि ५.२२ प्रतिशतले बढेर ११७ रुपैयाँ ६८ पैसा पुगेको छ ।
सम्बन्धित समाचार …….
युनियन लाइफकाे खुद बीमा शुल्क पाँच अर्ब माथि, नाफा भने घट्यो