
२८ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(मसाल)का महामन्त्री मोहनविक्रम सिंह कोभिड १९ बाट संक्रमित भएका छन् ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीका अनुसार सिंहको पारिवारिक रेखदेखमा होम आइसोलेसनमा नै उपचार भइरहेको छ ।
उनमा कोरोना भाइरस संक्रमणको प्रारम्भिक अवस्था रहेको र स्वास्थय सुधारउन्मुख दिशामा रहेको पनि पुरीले जानकारी दिएका छन् । दुई दिन अगाडि अक्सिजनको लेबल कम भए पनि अहिले बढेको बताइएको छ ।