Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

ढिस्कोले पुरिएर एक बालकको मृत्यु



२८ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।

बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।

फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए । ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा