back
CTIZAN AD

गण्डकीमा एमालेकै सरकार बन्ने निश्चित, कांग्रेसलाई समर्थन गर्न मानेनन् राजमोका सांसद

वि.सं.२०७८ वैशाख २८ मंगलवार

729 

shares

वैशाख २८, पोखरा । गण्डकी प्रदेशमा नेकपा (एमाले)कै सरकार बन्ने निश्चित देखिएको छ । अंकगणितमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गर्न अस्वीकार गरेसँगै यस्तो देखिएको हो ।

राजमोका प्रदेश सांसद कृष्ण थापा र खिमविक्रम शाहीले गठबन्धनलाई समर्थन दिन अस्वीकार गरेका हुन् । मंगलबार राजमोका केन्द्रीय महासचिव मनोज भट्टसहितको टोलीले समेत आग्रह गर्दा दुवै जनाले कांग्रेस गठबन्धनलाई सहयोग गर्न अस्वीकार गरेका छन् । राष्ट्रिय जनमोर्चाले भने आधिकारिक रुपमा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकी प्रदेशसभामा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्रका १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र १ सांसद छन् । गठबन्धनले जनमोर्चाका तीनै सांसदको समर्थन बिना सरकार निर्माण गर्न सक्दैन् ।

आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राजीनामा दिएसँगै प्रदेश प्रमुख सीता कुमारी पौडेलले दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार बनाउन बुधबारसम्मको समयसीमा दिएकी थिइन् । तर, अन्तिम समय नजिकिँदै गर्दा पनि गठबन्धनले बहुमत जुटाउन नसकेसँगै प्रदेशसभाको नेतृत्वमा पुनः एमाले दोहोरिने सम्भावना बढेको हो ।

संविधानको धारा १६८ को उपधारा ३ मा दुई वा दुईभन्दा धेरै दल मिलेर प्रदेश सरकार बनाउन नसकेमा उपधारा ३ बमोजिम ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

३ दिन भित्र नयाँ सरकार निर्माण गर्न प्रदेश प्रमुख पौडेलको आह्वान

वि.सं.२०७८ वैशाख २८ मंगलवार १७:०४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...