२८ वैशाख, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाईड बडी विमान चीनको राजधानी बेइजिङ्गबाट विभिन्न स्वास्थ्य सामग्री लिएर फिकिएको छ ।
चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री लिन सोमबार बिहान ११.३० बजे उडेको A330 विमान स्वास्थ्य सामग्री लिएर मंगलबार काठमाडौँ अवतरण गरेको हाे ।
चीनको राजधानी बेइजिङ गएर विमानले २०००० थान मध्ये हाल तयार भएका ४०० अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब २६ टन सामान लिएर काठमाडौं अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलका अनुसार ४ जना पाईलटसहित १४ जना चालक दलका सदस्यहरू सहित विमान बेइजिङ उडेको थियो । थप सामान तयार हुनासाथ तुरून्त जान सकिने गरि निगमलाई तयारी अवस्थामा राखीने जानकारी पनि पौडेलले दिएका छन् ।
कोभिड-१९ विरुद्धको लडाईंका लागि चीनले नेपाललाई अनुदानमा २० हजार थान अक्सिजन सिलिण्डर दिने घोषणा गरेको छ ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १७:५१ मा प्रकाशित






























