back
CTIZAN AD

अस्पतालले भन्न थाले ‘आफ्नो व्यवस्था आँफै गर्नुस्’

वि.सं.२०७८ वैशाख २८ मंगलवार

672 

shares

२८ वैशाख, काठमाडौँ । अक्सिजन नभएको भन्दै अस्पतालहरु बिरामी लिन भर्ना लिन नमानिरहेको समाचार आइरहेकै बेला एक अस्पतालले भर्ना भएर उपचाररत बिरामीलाई डिस्चार्ज गर्दै आफ्नो व्यवस्था आफै गर्न भनेको छ ।

काठमाडौँ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले सूचना जारी गर्दै अस्पतालमा अक्सिजन नहुँदा बिरामीको स्वास्थ्य अवस्थामा गम्भिर समस्या उत्पन्न हुन सक्ने भन्दै बिरामीका आफन्तलाई आ–आफ्नो व्यवस्था आफै गर्न भनेको हो ।

अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएको सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रीएर तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना न्यून रहेको जानकारी प्राप्त भएको र अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा बिरामी डिस्चार्ज गर्न परेको सूचनामा जनाइएको छ ।

बिरामीलाई डिस्चाज गर्न लागिएको जानकारी स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायलाई समेत जानकारी गराइएको बताइएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १८:३० मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...