back

अस्पतालले भन्न थाले ‘आफ्नो व्यवस्था आँफै गर्नुस्’

वि.सं.२०७८ वैशाख २८ मंगलवार

348 

shares
GLOBAL IME AD
NTC AD

२८ वैशाख, काठमाडौँ । अक्सिजन नभएको भन्दै अस्पतालहरु बिरामी लिन भर्ना लिन नमानिरहेको समाचार आइरहेकै बेला एक अस्पतालले भर्ना भएर उपचाररत बिरामीलाई डिस्चार्ज गर्दै आफ्नो व्यवस्था आफै गर्न भनेको छ ।

काठमाडौँ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले सूचना जारी गर्दै अस्पतालमा अक्सिजन नहुँदा बिरामीको स्वास्थ्य अवस्थामा गम्भिर समस्या उत्पन्न हुन सक्ने भन्दै बिरामीका आफन्तलाई आ–आफ्नो व्यवस्था आफै गर्न भनेको हो ।

अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएको सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रीएर तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना न्यून रहेको जानकारी प्राप्त भएको र अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा बिरामी डिस्चार्ज गर्न परेको सूचनामा जनाइएको छ ।

बिरामीलाई डिस्चाज गर्न लागिएको जानकारी स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायलाई समेत जानकारी गराइएको बताइएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १८:३० मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...