२८ वैशाख, काठमाडौं । भारतका एक प्रभावशाली नेताले भारतको रोजाइमा ओली भएको खुलासा गरेका छन ।
भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा केपी शर्मा ओली नै भारतको रोजाइ भएको बताएका हुन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बिश्वासको मत नपाएर नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला सतारुढ भाजपाका प्रभावशाली नेताले नेताले यस्तो बताएका हुन ।
उनले भारतको रोजाइमा ओली भएको मात्र भनेका छैनन प्रधानमन्त्रीकाे दौडमै नरहेका प्रचण्ड प्रधानमन्त्री हुँदा चिनले जित्ने दावी समेत गरेका छन । उनको ट्वीटकाे शुरुमा भनिएको छ ‘नेपालबारे मैले जानेसम्म ओली भारतको रोजाइ हुन । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’
According my knowledge about Nepal, Oli was India’s choice. If Prachanda become PM then China has won
— Subramanian Swamy (@Swamy39) May 11, 2021
उनको सो भनाइप्रति धेरै आपत्ती आएपछि नेपालको आन्तरीक मामिला हो भन्दै आफु लामो समयदेखी नेपालको मित्र भएको समेत बताएका छन ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १८:३२ मा प्रकाशित






























