back
CTIZAN AD

एनटिएफ अध्यक्ष शर्माद्धारा प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

वि.सं.२०७८ वैशाख २८ मंगलवार

972 

shares

२८ वैशाख, काठमाडौँ । नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)का अध्यक्ष दीनेश शर्माले ब्यक्तिगत रुपमा नेपाल प्रहरी र पत्रकारलाई सहयोगस्वरूप मंगलवार स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निशेधाज्ञामा प्रहरी र सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी अध्यक्ष शर्माले करिब २० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री इलाका प्रहरी कार्यालय निजगढमा एक कार्यक्रमका बिच प्रदान गरेका हुन् ।

महासंघका अध्यक्ष शर्माले इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीलाई निजगढ अन्तर्गतको सिंगौंल र रतनपुरी अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीका लागि आवश्यक मास्क र सेनिटाइजर हस्तान्तरण गरे । साथै प्रनी चौधरीले उपस्थित पत्रकार एवं चौकी इन्चार्जहरुलाई उक्त मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

निजगढ ३ बारा निवासी समेत रहेका अध्यक्ष शर्माले २०७२ बैशाख १२ को विनासकारी महाभुकम्प र २०७६ सालको चैतमा गरिएको लकडाउनको अवधिमा पनि उद्धार,राहत र खाद्य सामग्री वितरणगरी सामाजीक उत्तरदायित्व निर्वाह गर्दै आएका छन् ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १९:२३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...