२९, बैशाख, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराईले सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् । देशको संकट समाधानका लागि धारा ७६(२) बमोजिम त्यस्तो सरकार बनाउनुपर्ने भन्दै भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!
— Baburam Bhattarai (@brb1954) May 12, 2021
सबै दलको सहभागितामा बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा वर्तमान र विगतका प्रधानमन्त्रीहरुले नेतृत्व नगर्ने उनको धारणा छ । त्यसरी बन्ने सरकारले कोभिड नियन्त्रण, संविधान संसोधन, आर्थिक राहत कार्यक्रम र एक वर्षभित्रमा निर्वाचन गर्ने भट्टराइको भनाई छ ।
वि.सं.२०७८ वैशाख २९ बुधवार ०७:४५ मा प्रकाशित






























