back
CTIZAN AD

काठमाडौंलाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा

वि.सं.२०७८ वैशाख २९ बुधवार

843 

shares

२९ वैशाख, काठमाडौँ । धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दशरथ रंगशालामा सम्पन्न भएको पहिलो क्वालिफायरमा काठमाडौं रेजर्सलाई २-१ गोलले पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको थियो । खेलको दोस्रो हाफको ७५ मिनेटमा तेज तामाङले पहिलो गोल गर्दै काठमाडौँलाई अग्रता दिलाएका थिए । धनगढीका पुजन उपरकोटीले खेलको ७८ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा निर्धारित समयको खेल बराबरीमा सकिएको थियो ।

३० मिनेट थप गरिएको समयमा विशाल राईले १०८ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता अग्रता दिलाएका थिए । हारपछि पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।

अब काठमाडौंले बिहीबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। ललितपुर र बुटवलबीच बुधबार खेल हुनेछ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ०८:०० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...