२९ बैशाख, काठमाडौं । हाल देशैभरी पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ ।
त्यस्तै केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूर पश्चिम प्रदेश,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि अधिकांश भू-भागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ वैशाख २९ बुधवार ०८:४२ मा प्रकाशित






























