back
CTIZAN AD

इरानमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख नर्स सङ्क्रमित, १२० को मृत्यु

वि.सं.२०७८ वैशाख २९ बुधवार

768 

shares

२९ वैशाख । इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ ।

इरानमा कोभिड–१९ को महामारी पत्ता लागेपछि नर्सहरूले गरेको सेवाको संगठनका प्रमुख मोहम्मद मिर्जाबेगीले प्रशंसा गर्दै भने, “विश्वव्यापी महामारीका समय नर्सहरूले दिएको सेवाका कारण हजारौँ मानिसको जीवन सुरक्षित बनेको छ । बिरामीहरूको हेरचाह गर्न नर्सहरूले त्याग नगरी मुलुकमा संकटलाई नियन्त्रण गर्न नसकिने थियो । सङ्कटका समय नर्सहरूबाट पु¥याएको योगदानको राष्ट्रले उच्च कदर गर्नुपर्नेछ ।”

इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले मिर्जाबेगीलाई उद्धृत गरी लेखेको छ, “सङ्क्रमित करिब एक लाख नर्सहरूले आफू कोभिड–१९ सङ्क्रमित भएपछि निश्चित समयको उपचार तथा आरामपछि पुनः सेवामा जोडिएका थिए । उक्त अवधिमा १२० नर्सको कोभिड–१९ सङ्क्रमणपछि शरीरमा आएका विविध समस्याका कारण ज्यान गुमाएका थिए ।”

इरानमा नर्सहरूको अभावलाई सङ्केत गर्दै उनले भने, “विगत वर्षहरूमा नर्सहरूको ५३ हजार दरबन्दीका लागि अनुमति रहेको भएपनि मात्रै तीन हजारले सेवा प्रवेश पाएका थिए ।” उनले समयमा नै जिम्मेवार पक्षले यस्ता क्षेत्रका सम्वेदनशील कुरालाई नबुझिदिँदा अहिले यसको प्रभाब स्वास्थ्य क्षेत्रले ब्यहोर्नु परेको बताए ।

वि.सं.२०७८ वैशाख २९ बुधवार ०९:४६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...