back
CTIZAN AD

साहित्यकार ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक

वि.सं.२०७८ वैशाख २९ बुधवार

666 

shares

२९ बैशाख, काठमाडौँ । वैशाख कृष्ण औँसी अर्थात् मातृ सम्मान दिवस एवं आमाको मुख हेर्ने पर्वको अवसर पारेर साहित्यकार उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीको खण्डकाव्य ‘आमा’ सार्वजनिक गरिएको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच आमाको मुख हेर्ने औँसी अर्थात् मातृ सम्मान दिवसको अवसर पारेर साहित्य वाटिका नेपालले जुम प्रविधिबाट मङ्गलबार आयोजना गरेको कार्यक्रममा लेखककी आमा ८२ वर्षीया इन्दिरा ज्ञवालीले पुस्तक सार्वजनिक गरेकी हुन् ।

कार्यक्रममा प्रा डा बद्रीविशाल भट्टराईले केही सर्गलाई बढाएर र केहीलाई छुट्याएर खण्डकाव्यलाई अझ परिस्कृत गर्न सकिने सुझाव दिए । ‘आमा’माथि समीक्षात्मक मन्तव्य राख्दै डा शान्तिमाया गिरीले जन्मदाता र जन्मभूमिप्रतिको सम्मानभाव खण्डकाव्यमा प्रकट गरिएको बताए । जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन् भन्ने रामायणको वाक्यलाई खण्डकाव्यले पछ्याएको उनले बताए ।

मातृ सम्मान दिवसको अवसर पारेर सार्वजनिक गरिएको आमा खण्डकाव्यका विषयमा समीक्षा गर्दै साहित्यकार सीता भट्टराईले आमालाई जन्मभूमिसँग तुलना गरिएको, सृष्टिकर्ता र त्यागको प्रतिमूर्तिका रुपमा आमालाई खण्डकाव्यमा वर्णन गरिएको बताइन्। खण्डकाव्यका लेखक कवि ज्ञवालीले नयाँ भेरियन्टसहितको कोरोनाका कारण निषेधाज्ञा जारी रहे ‘बा’ खण्डकाव्य पनि तयार पार्ने प्रतिबद्धता जनाए ।

धर्तीका सबै माताका विषयमा खण्डकाव्यमा उल्लेख गरिएको छ । पाँचौँ सर्गमा आफ्नी आमाको विषयमा कविले चर्चा गरेका छन्। कार्यक्रममा सह प्राध्यापक प्रभा भट्टराई, कवि अमर रोका, प्रकाशक केशव अधिकारी, कवि बलराम दाहाल, कवयित्री भैरवी भूगोल ढुङ्गानालगायतले खण्डकाव्यका विषयमा मन्तव्य राख्दै कवितासमेत वाचन गरेका थिए ।

लेखकका हालसम्म २० कृति बजारमा आइसकेको छ । यो २१ औँ कृति भएको कार्यक्रममा जानकारी गराइएको थियो । पुस्तकमा ७२ पृष्ठ, आठ सर्ग, मूल्य रु २१२ रहेको छ । पाठ्यपुस्तक, सम्पादित कृति र फुटकर रचना पनि लेखकका प्रकाशित छन् ।
रासस

वि.सं.२०७८ वैशाख २९ बुधवार १०:२० मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...