२४ माघ, काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतका दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश डा कुलरत्न भुर्तेललाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिनुभयो । रासस