२९ वैशाख, काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको दोस्रो ठूलो कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्बजनिक गरेको छ । कम्पनीले सार्बजनिक गरेको विवरण अनुसार चैत्र मसान्तसम्ममा ३२ करोड २५ लाख ७० हजार ७२९ रुपैयाँ खुद नफा गरेको जनाएको छ । यो गत वेर्षको सोहि अबधिको भन्दा करिब २ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीको खुद नाफा ३१ करोड ५६ लाख २१ हजार ३४९ रुपैंया थियो ।
त्यस्तै चालु आ.ब.को चैत्रसम्ममा कम्पनीले ८ अर्ब ९५ करोड ४९ लाख ६० हजार ३७० रुपैंया बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोहि अबधिको तुलनामा ५६.३७ प्रतिशतले बढी हो । गत बर्ष कम्पनीले ५ अर्ब ७२ करोड ६६ लाख २६ हजार १७२ रुपैंयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पूँजी ३ अर्ब ३९ करोड रहेको कम्पनीको जीवन बीमा कोषमा ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैंया पुगेको छ । गत बर्ष कोषमा जम्मा ३८ अर्ब १ करोड १३ लाख ५० हजार ८८७ रुपैयाँ रकम जम्मा भएको थियो ।
चालु आर्थिक बर्षको चैत्रसम्ममा कम्पनीले १८ हजार १०८ जनालाई २ अर्ब ९४ करोड ६६ लाख १८ हजार ६५५ रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत बर्ष चैत्रसम्ममा कम्पनीले ११ हजार ८० जनालाई १ अर्ब ७१ करोड ७३ लाख ११ हजार ८५१ रुपैंया दाबी भुक्तानी गरेको छ ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १४:१८ मा प्रकाशित