back

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण नगर्न आग्रह

वि.सं.२०७८ वैशाख २९ बुधवार

369 

shares
GLOBAL IME AD
NTC AD

२९ बैशाख, कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।

पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ ।

कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।”

स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
रासस

वि.सं.२०७८ वैशाख २९ बुधवार १४:१५ मा प्रकाशित

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज...

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी...

हुम्लामा बाक्लो हिमपात

हुम्लामा बाक्लो हिमपात

हुम्ला (सिमकोट) । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात भएको छ...

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

कर्णाली । ‘विद्यालय शिक्षा विधेयक-२०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको...